काठमाडौँ। आज (सोमबार) हिउँदे वर्षा शुरू हुने भएको छ। पश्चिम नेपालबाट हिउँदे वर्षा शुरू हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका असरका कारण कर्णाली र सुदूरपश्चिमप्रदेशका तराईका भुभागदेखि पहाडी भूभागमा पनि आज राति भोलि हल्का वर्षा हुनेछ। उच्चपहाडी तथा हिमाली भेगमा वर्षासहित हिमपात हुनेछ। गण्डकी प्रदेशका उच्च भेगमा समेत हिमपात हुने जनाएको महाशाखाले छ।
काठमाडौँ र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना रहेको छ भने यो प्रणालीले अन्य प्रदेशमा पनि मौसम बदली हुने तर पानी भने नपर्ने जनाएको छ।
यसपछि वर्षा गराउने अर्को प्रणाली शुक्रबार आउने तर पूर्वी नेपाल सम्म नपुग्ने महाशाखाले जनाएको छ। बिहान तराई र उपत्यकाका केही ठाउँमा हुस्सु र कुहिरो पनि लागेको छ।
9 Poush 2081, Sombar 08:53 मा प्रकाशित
203
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar