9851314933 | info@gharjagganews.com

नेपाल टेलिकमद्वारा बाढी, पहिरो पीडितहरुलाई १ करोडभन्दा बढी राहत: प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग

काठमाडौं । हालैको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा भएको बाढी, पहिरो र डुबान पीडितहरुलाई नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड दुई लाख सत्तरी हजार दुई सय चौध रुपैयाँ त्रियासी पैसा (रु. १,०२,७०,२१४/८३) राहत स्वरूप प्रदान गरेको छ।


नेपाल टेलिकमका कर्मचारीहरुको तर्फबाट उक्त रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, सचिव राधिका अर्याल र नेपाल टेलिकमका प्रमुख अधिकृतहरुको उपस्थितिमा प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल टेलिकमलाई राष्ट्रको सम्पत्तिको रूपमा जनतालाई गुणस्तरीय सेवा प्रदान गर्दै संस्थाको साख उच्च राख्न निर्देशन दिनुभयो।

#ntc

प्रतिक्रिया