बालाचतुर्दशीमा आफैँ बत्ती बालेर बस्दा कुनै शुल्क तिर्नुनपर्ने

काठमाडौँ।  पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा दिवङ्गत पितृका नाममा बत्ती बाल्न र शतबीज छर्न कुनै शुल्क नलाग्ने जनाएको छ। 

बत्ती बालेर हिँड्नेका लागि कोषले नै दुई हजार १०० को रसिद काटेर बत्ती कुरिदिने व्यवस्था गर्न लागेको कोषले जनाएको छ। रातभर बसेर बत्ती बाल्नेलाई कुनै पनि शुल्क लिन नपाइने र लिए कारबाही गर्ने कोषले जनाएको छ।

कोषका अनुसार बालाचतुर्दशीका अवसरमा बत्ती कुरिदिने सेवाका लागि कोषका कर्मचारीबाहेक अरूले अनधिकृत रूपमा पैसा उठाए सुरक्षामा खटिएका प्रहरीलाई जानकारी दिन आग्रह गरेको छ। बत्तीको संकल्प गरेर फर्किनेलाई मात्र दुई हजार १०० शुल्क लिने उल्लेख गर्दै सो शुल्क कोषका कर्मचारीले लिने जनाइएको छ।

बालाचतुर्दशीका अवसरमा महँगा गहना लगाएर नआउन, सिसा एवं काँचका भाँडा नल्याउन र ढुङ्गा छापिएका स्थानमा शतबीज नछर्न कोषले श्रद्धालुलाई आग्रह गरेको छ।

प्रतिक्रिया