काठमाडौँ। वित्तीय साक्षरता जगाउने उद्देश्यले हरेक वर्ष विश्वव्यापी रूपमा मनाउने ग्लोबल मनि विक माछापुच्छ्रे बैंकले भव्य रूपमा मनाएको छ।
यस वर्ष मार्च १७ देखि २३ तारिखसम्म परेको विक अन्तर्गत बैंकले देशव्यापी रूपमा रहेका आफ्ना शाखा कार्यालयहरू मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरू आयोजना गरेको जनाएको छ।
बैंकले देशका ७ वटै प्रदेशमा स्थानीय विद्यालय, कलेजसंग समन्वय गरेर विभिन्न तहका विद्यार्थीहरूलाई लक्षित गर्दै अन्तरक्रिया कार्यक्रमहरूको आयोजना गरी विक मनाएको हो।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ वटा शाखाहरू, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएमहरू मार्फत १६ लाख भन्दा बढि ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैङ्किङ सुबिधा प्रदान गरिरहेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar