सुनको मूल्यमा भारी गिरावट, तोलामा ३ हजार ९ सय रुपैयाँले घट्यो

काठमाडौं । अघिल्लो दिन ऐतिहासिक उच्च मूल्य कायम गरेको सुनको मूल्य शुक्रबार अचानक घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य प्रति तोला ३ हजार ९ सय रुपैयाँले घटेर १ लाख ७६ हजार ४ सय रुपैयाँ तोकिएको छ।

गएको बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको थियो। तर शुक्रबारको कारोबारमा उल्लेखनीय गिरावट आएको हो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार शुक्रबार चाँदीको मूल्य १२५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ७० रुपैयाँ मा कारोबार भइरहेको छ।

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको असर नेपाली बजारमा पनि देखिएको हो। सुन र चाँदी दुवैको मूल्य घट्नुले बजारमा केही समय दबाब रहन सक्ने अनुमान गरिएको छ।


प्रतिक्रिया