काठमाडौँ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमनमा वृद्धि भएको छ।
आ. व. २०८०/८१ मा तीन लाख ६ हजार ८३७ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए। अघिल्लो आ.व.मा यो संख्या दुई लाख ९९ हजार चार सय १२ थियो।
निकुञ्जका अनुसार गत आर्थिक वर्षमा दुई लाख ७४ हजार दुई सय ९९ पर्यटक सौराहा क्षेत्रबाट प्रवेश गरेकामा अघिल्लो आर्थिक वर्षमा यो संख्या दुई लाख ७१ हजार सात ३१ थियो। गत आ.व.मा भरतपुर महानगर हुँदै २७ हजार ९५६ पर्यटक आएका थिए। आ.व. २०७९/८० मा यो संख्या २३ हजार २५७ थियो।
भ्रमण वर्षको राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गरिएको प्रचारले निकुञ्जमा पर्यटक बढेको भरतपुर महानगरपालिकाकाले जानकारी दिएको छ। महानगरपालिकाका अनुसार बाह्य मुलुकबाट धार्मिक पर्यटक आउनेगरी धार्मिक कार्यक्रम, देवघाटधाम महोत्सव, जङ्गल सफारी मार्ट, म्याराथन आयोजना गरिने जनाएको छ।
भ्रमण वर्षका अवसरमा देवनगरमा सर्वसाधारणका लागि हेर्न मिल्ने गरी उद्धार गरिएका पाटेबाघ राखिएका छन्। दियालो बङ्गला पनि सर्वसाधारणका लागि खुला गरिएको छ। यो पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar