डलरको भाउ बढ्यो, अन्य विदेशी मुद्रालाई कति पर्ला?

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। 

अमेरिकी डलर, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई दिराम, हङकङ डलर, कुवेती दिनारको मूल्य बढेको छ। यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन, स्वीडिस क्रोनरको मूल्य घटेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३५ रूपैयाँ ८२ पैसा र बिक्री दर १३६ रूपैयाँ ४२ पैसा रहेको छ। युरोपियन युरो एकको खरिद दर १४१ रूपैयाँ ३९ पैसा र बिक्री दर १४२ रूपैयाँ १ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७१ रूपैयाँ ६५ पैसा र बिक्री दर १७२ रूपैयाँ ४१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १५१ रूपैयाँ ५९ पैसा र बिक्री दर १५२ रूपैयाँ २६ पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रूपैयाँ ८८ पैसा र बिक्री दर ८५ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९४ रूपैयाँ ४० पैसा र बिक्री दर ९४ रूपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ १ पैसा र बिक्री दर १०० रूपैयाँ ४५ पैसा रहेको छ।

जापानी येन १० को खरिद दर ८ रूपैयाँ ६५ पैसा र बिक्री दर ८ रूपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ६१ पैसा र बिक्री दर १८ रूपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ १५ पैसा र बिक्री दर ३६ रूपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ २६ पैसा र बिक्री दर ३७ रूपैयाँ ४३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

विस्तृत तालिकामा हेर्नुहोस्


प्रतिक्रिया