१९८ मा डायल गरेर अब नेपाल टेलिकमको FTTH इन्टरनेट र NtTV प्याकेज सजिलै परिवर्तन गर्न सकिने

काठमाडौँ | नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको सुविधाका लागि १९८ ग्राहक सेवा नम्बरमार्फत उच्च गतिको फाइबर टु द होम (FTTH) इन्टरनेट सेवाका प्याकेज परिवर्तन गर्न सकिने सुविधा थप गरेको छ। अब नेपाल टेलिकमको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १९८ मा डायल गरी FTTH जडान अनुरोध दर्ता गर्न सक्नेछन् र आफ्नो आवश्यकताअनुसार FTTH सेवाका प्याकेज परिवर्तन गर्न पनि सक्षम हुनेछन्।

यसैगरी, नेपाल टेलिकमले सोही ग्राहक सेवा नम्बर १९८ मार्फत आफ्ना टेलिभिजन सेवा (NtTV) का ग्राहकहरूका लागि आलाकार्टा (A’la Carte) शुल्क प्रणाली बमोजिमका Basic तथा Premium Package खरिद गर्न सकिने व्यवस्था गरेको छ। ग्राहकले १९८ डायल गरेर आलाकार्टा प्रणालीका टेलिभिजन प्याकेजहरू subscription गर्न तथा प्याकेज परिवर्तन गर्न सक्नेछन्।

यस सेवा सञ्चालनसँगै FTTH सेवाका प्याकेज परिवर्तनका लागि नेपाल टेलिकमको काउन्टरसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य भई ग्राहकको समय तथा श्रमको बचत हुने विश्वास कम्पनीको रहेको छ।

प्रतिक्रिया