आज अमेरिकी डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको भाउ बढ्यो

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर कायम गरेको छ। जसअनुसार, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

अमेरिकी डलरको मूल्य आज स्थिर रहेको छ। युरो, पाउण्ड स्टर्लिङ, स्वस फ्र्याङ्क, अष्ट्रेलियन, क्यानेडियन र सिङ्गापुर डलर जापानी येन, साउदी रियाल, थाई भाट साउथ कोरियन वन, स्विडिस र डेनिस क्रोनर, कुवेती र बहराइन दिनार तथा ओमनी रियालको भाउ भने बढेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३५ रूपैयाँ ७३ पैसा र बिक्री दर १३६ रूपैयाँ ३३ पैसा रहेको छ। युरोपिएन युरो एकको खरिद दर १४१ रूपैयाँ ५७ पैसा र बिक्री दर १४२ रूपैयाँ १९ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७० रूपैयाँ ६२ पैसा र बिक्री दर १७१ रूपैयाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १५१ रूपैयाँ ९८ पैसा र बिक्री दर १५२ रूपैयाँ ६६ पैसा रहेको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रूपैयाँ ८४ पैसा र बिक्री दर ८५ रूपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९४ रूपैयाँ ४५ पैसा र बिक्री दर ९४ रूपैयाँ ८७ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०० रूपैयाँ १५ पैसा र बिक्री दर १०० रूपैयाँ ६० पैसा रहेको छ।

जापानी येन १० को खरिद दर ८ रूपैयाँ ६८ पैसा र बिक्री दर ८ रूपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ६० पैसा र बिक्री दर १८ रूपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ १३ पैसा र बिक्री दर ३६ रूपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ २४ पैसा र बिक्री दर ३७ रूपैयाँ ४० पैसा रहेको छ।

त्यस्तै, थाई भाट एकको खरिद दर ३ रूपैयाँ ९७ पैसा र बिक्री दर ३ रूपैयाँ ९९ पैसा युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ९५ पैसा र बिक्री दर ३७ रूपैयाँ १२ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ११ पैसा र बिक्री दर ३० रूपैयाँ २४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  

विस्तृत तालिकामा हेर्नुहोस्


प्रतिक्रिया