काठमाडौँ। ग्लोबल मनी वीक २०२५ को अवसरमा लुम्बिनी विकास बैंक लिमिटेडले आफ्ना विभिन्न शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।
सन् २०१२ देखि OECD/INFE को संयोजनमा विश्वभर मनाउन थालिएको ग्लोबल मनी वीकको तेह्रौं संस्करण यो वर्ष चैत्र ४ देखि १० गतेसम्म मनाइएको थियो।
उक्त साताव्यापी कार्यक्रम अन्तर्गत बैंकले करिब १ हजार युवा विद्यार्थीहरूलाई बैंकिङ प्रणाली, बचत, कर्जा, डिजिटल कारोबार, वित्तीय व्यवहार तथा सुरक्षित बैंकिङबारे जानकारी प्रदान गरेको जनाएको छ।
बैंकका कर्मचारीहरूले ‘Think Before You Follow, Wise Money Tomorrow’ भन्ने मुख्य नाराका साथ नेपाल राष्ट्र बैंकका प्रादेशिक कार्यालयहरू तथा स्थानीय तहका वित्तीय संस्थाहरूको संयुक्त आयोजनामा आयोजित प्रभातफेरी कार्यक्रमहरूमा समेत सक्रिय सहभागिता जनाएका थिए।
लुम्बिनी विकास बैंकले युवाहरूमाझ वित्तीय चेतना फैलाउने तथा जिम्मेवार वित्तीय व्यवहारको प्रवर्द्धन गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
सबै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकले देशका विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) सञ्चालन गर्दै आइरहेको छ। ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ लुम्बिनी विकास बैंकले नागरिकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरू सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar