देशभर बदली, कोशी र कर्णालीमा मध्यम देखि भारी वर्षाको जोखिम

weather forecast

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित छ। सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भू-भागमा देखिएको छ। हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशसहित देशका पहाडी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कर्णाली प्रदेशको पहाड र कोशी प्रदेशको पहाड तथा तराईका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टाको मौसम पूर्वानुमान अनुसार कोशी प्रदेशमा दिउँसो हिमाली र पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षा र तराईमा थोरै स्थानमा मध्यम वर्षा हुन सक्छ, राति तराईमा मध्यमदेखि भारी वर्षाको जोखिम छ। मधेश प्रदेशमा दिउँसो र राति तराईमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा दिउँसो र राति हिमाली, पहाडी र तराई क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा सम्भावित छ। कर्णाली प्रदेशमा दिउँसो पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षा र राति थोरै स्थानमा मध्यम वर्षा हुन सक्छ। सुदूरपश्चिम प्रदेशमा दिउँसो र राति हिमाली, पहाडी र तराई क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।


प्रतिक्रिया