काठमाडौँ। ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ चैत १२ गते अर्थात मंगलबार बाँडफाँड हुने भएको छ।
बिक्री प्रबन्धक नेपाल प्रभु क्यापिटलले कम्पनीको आइपीओ मंगलबार चैत १२ गते बिहान ९ बजे आफ्नै कार्यालय कमलादी, काठमाडौँमा बाँडफाँट गर्ने तयारी गरेको जनाएको छ।
सीडीएस एन्ड क्लियरिङका अनुसार कम्पनीको आईपीओमा दिन चैत ३ गते आइतबार साँझसम्ममा १९ लाख ८५ हजार ६६३ जना आवेदकहरूले २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन दिएका हुन्। यो आवेदन मागभन्दा १६.०२ गुणा बढी हो। कम्पनीको आईपीओमा १ लाख ४७ हजार ६०० जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी १८ लाख ३८ हजार ६३ जनाको भने हात खाली हुनेछ।
कम्पनीले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar