काठमाडौँ। अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले प्लास्टिकजन्य माला बिक्रीमा प्रतिबन्ध लगाएको छ। नगरपालिकाले तिहारमा प्लास्टिकका माला बेच्न नपाइने निर्णय गरेको हो।
नगरपालिकाका योजना शाखाका अनुसार स्थानीय फूलको उपयोग बढाउन तथा प्लास्टिकजन्य फूल आयात निरूत्साहित गर्ने उद्देश्यले उक्त निर्णय भएको हो। नगरपालिकाले उक्त निर्णय कार्यान्वयन गर्न सबै वडा कार्यालय, प्रहरी, स्थानीय प्रशासन र उद्योग वाणिज्य सङ्घलाई अनुरोध गरेको जनाएको छ।
शाखका अनुसार उक्त निर्णय तत्काल लागू गर्ने र नगरवासीहरूलाई यसमा सहयोग गर्न आग्रह गरेको जनाइएको छ। स्थानीय उत्पादनको प्रवर्द्धनका लागि यो निर्णय लाभप्रद हुने तथा प्लास्टिकजन्य प्रदूषण कम गर्न मद्दत पुग्ने विश्वास लिइएको छ।
10 Kartik 2081, Shukrabar 09:47 मा प्रकाशित
105
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar