काठमाडौं। राष्ट्रिय सहकारी बैंक लिमिटेड कलंकी शाखाको आयोजना तथा सहकारी ज्ञान तथा मार्गदर्शन शृङ्खला–३, सदस्य शिक्षा कार्यक्रम २०८२/०८३ अन्तर्गत सञ्चालित दुई दिवसीय “ऋण व्यवस्थापनमा क्षमता विकास तालिम” मंगलबार सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त तालिममा कलंकी शाखामा कारोबार गर्ने स्तरीकरण कार्यक्रममा आबद्ध ३० वटा सहकारी संस्थाका ३१ जना प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।
शाखा प्रमुख कला थपलियाले तालिमको उद्देश्यबारे जानकारी दिनुहुँदै भन्नुभयो, “सहकारी संस्थाका प्रतिनिधिहरूलाई ऋण व्यवस्थापन सम्बन्धी आवश्यक ज्ञान, सीप र दक्षता प्रदान गर्नुका साथै कानुनी प्रावधान, नियमावली तथा संस्थागत नीति अनुसार ऋण सञ्चालन गर्न सक्षम बनाउने, र ऋण वितरणदेखि असुलीसम्मका प्रक्रियालाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न अभिप्रेरित गर्नु हाम्रो मुख्य उद्देश्य हो।”
तालिमलाई बैंकको स्तरीकरण विभागका अधिकृत सूर्य प्रसाद रिमाल, किरण खत्री र दिल्लीराज दाहाल ले सहजीकरण गर्नुभएको थियो भने सञ्चालन शाखा प्रमुख थपलियाले गर्नुभएको थियो।
समापन सत्रमा बैंकको तालिम विभागकी वरिष्ठ अधिकृत मिना कुमारी शर्माले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar