एनआइएमबि एस क्यापिटलको धनतेरस अफर: १ हजार SIP Unit जित्ने तीन भाग्यशाली विजेताको घोषणा आज गरिने

काठमाडौँ । एनआइएमबि एस क्यापिटल लिमिटेडले धनतेरसको अवसरमा ल्याएको नयाँ योजनामा सहभागी हुनका लागि १३ गतेसम्म मात्र मौका रहेको थियो, जसमा तीनजना भाग्यशाली विजेताहरूलाई प्रत्येक १ हजार इकाई उपहार स्वरूप प्रदान गरिनेछ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले एनआइएमबि एस क्यापिटलमा हितग्राही खाता खोल्दै एसआईपी रजिस्ट्रेशन गरी १३ गते राति ११:५९ सम्म पहिलो किस्ता तिर्नुपर्ने प्रावधान थियो। योजना अन्तर्गत भाग्यशाली विजेताको घोषणा आज, कार्तिक १४ गते एनआइएमबि एस क्यापिटलको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारणमार्फत गरिने छ।

एनआइएमबि एस क्यापिटलले एनआइबिएल म्युचुअल फण्डका विभिन्न योजनाहरू सञ्चालन गर्दै नेपालको वित्तीय क्षेत्रमा अग्रस्थान कायम गरेको छ। हाल यसको व्यवस्थापनमा १० अर्ब रूपैयाँभन्दा बढी मूल्यांकन भएका पाँचवटा म्युचुअल फण्ड छन्, जसअन्तर्गत ६ अर्ब रूपैयाँभन्दा बढी लगानीकर्ताको रकम व्यवस्थापन भइरहेको छ।


प्रतिक्रिया