काठमाडौं – आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै नेपाल टेलिकमलाई सम्मान प्रदान गरिएको छ।
गत मङ्सिर १ गते राष्ट्रिय कर दिवस २०८१ का अवसरमा आयोजित विशेष समारोहमा नेपाल टेलिकमलाई उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मानपत्र प्रदान गर्नुभएको हो।
नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले उक्त सम्मान ग्रहण गर्नुभएको छ। आन्तरिक राजस्व विभागले हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ।
सोही अवसरमा नेपाल टेलिकमसहित आर्थिक क्षेत्रका अन्य उत्कृष्ट करदाताहरूलाई पनि सम्मान गरिएको थियो। नेपाल टेलिकमले राज्यको राजस्व वृद्धिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताइएको छ।
#ntc
3 Mangsir 2081, Aaitabar 01:43 मा प्रकाशित
119