9851314933 | info@gharjagganews.com

टुटलका प्रमुख शिक्षित भट्ट पक्राउ

पुस २० ,काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले बिहीबार राति राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउगरेको छ।  उनलाई पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए ।

उनीविरुद्ध प्रतिलिपि अधिकारको उल्लंघन गरेको र आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो । प्रहरीका अनुसार, यो विवाद टुटलसँगै सम्बन्धित छ । भट्टका साथीहरुले सुरुमा प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । त्यहाँबाट यो विषय प्रहरीसम्म पुगेको थियो । ‘साथीहरुबीचकै विवाद जस्तो देखिएको छ, अर्को पक्षलाई बोलाएका छौं’, काठमाडौं प्रहरीका अर्का एक अधिकृतले भने ।

राइड शेयरिङ एप टुटल नाकाबन्दीपछि नेपालमा सञ्चालनमा आएका थियो । तर पठाओसहितका केही राइड सेयरिङ एप पनि सञ्चालनमा आएपछि बन्द भएको टुटल अहिले अर्कै कम्पनीले पुन: सञ्चालनमा ल्याएको छ ।अहिले टुटल सञ्चालन गरिरहेको कम्पनी जाम सर्भिसेस प्रा.लि.का प्रबन्ध निर्देशक रुबिक जोशीले अहिले भट्ट टुटलसँग सम्बन्धित नरहेको बताए ।

‘अहिले झण्डै साढे ३ महिनादेखि टुटल ब्राण्ड हाम्रो कम्पनीले सञ्चालन गरिरहेको छ, त्यसैले यो टुटलसँग जोडिएको विषय होइन’, उनले सिएफएन खबरसँग भने, ‘यो उहाँहरुको आन्तरिक विवाद हो ।’

प्रतिक्रिया