माघ ९ , काठमाडौँ। विश्व अरबपति सुचिमा रहेका मस्क, अडानी र अम्बानी नेपालमा लगानी गर्दै एलन मस्कले स्टारलिंक मार्फत् नेपालको इन्टरनेट क्षेत्रमा झण्डै ६ अर्बसम्म लगानी गर्ने प्रस्ताव गरेका छन्।
त्यस्तै भारतीय अरबपति गौतम अडानी पनि नेपालको हवाई उड्डयन तथा जलविद्युतको क्षेत्रमा लगानी गर्न इच्छुक देखिएका छन् । उनी निजगढ विमानस्थलको निर्माण, गौतम बुद्ध विमानस्थलको सञ्चालन, १९०२ मेगावाटको मुगु–कर्णाली जलविद्युत आयोजना लगायतमा इच्छुक रहेको बताईएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतका अनुसार आगामी १६ र १७ वैशाखमा हुन लागेको लगानी सम्मेलनमा अडानी आफैं उपस्थित हुँदैछन् भने भारतका अर्का धनाढ्य मुकेश अम्बानीले नेपालमा लगानीको क्षेत्र पहिचान गर्नको लागी उच्चस्तरीय अध्ययन टोली पठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
तथ्याकंको अनुसार नेपालमा पछिल्लो समय विदेशी लगानी बढिरहेको छ। राष्ट्र बैंकको अनुसार नेपालमा चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिर) मा ३ अर्ब ९२ करोड रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी भित्रिएको छ। यो रकम गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा ३ अर्ब ३१ करोड रुपैयाँले बढी हो।