साउनमा घरजग्गा क्षेत्रमा कर्जा प्रवाह सुस्त

काठमाडौँ। आर्थिक वर्षको पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा क्षेत्रमा कर्जा प्रवाह बढाउन सकेनन्। अर्थतन्त्रमा देखिएको अनिश्चितताका कारण उपभोक्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहेको हुँदा कर्जा प्रवाह बढ्न नसकेको हो।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउन महिनामा व्यक्तिगत आवासीय घरकर्जा ६९ करोड रूपैयाँ थपिएको छ भने रियल इस्टेट कर्जा १२ अर्ब मात्र थपिएको छ। अघिल्लो आ.व.को साउनको तुलनामा समिक्षा महिनामा प्रवाह भएको व्यक्तिगत आवासीय घरकर्जा अत्यन्तै कम हो।

अघिल्लो साउनमा व्यक्तिगत आवासीय घरकर्जा ११ अर्ब २४ करोड रूपैयाँ थपिएको छ। रियल इस्टेट कर्जा भने अघिल्लो साउनमा ९ अर्ब ३२ करोड ऋणात्मक रहेकोमा यस वर्ष १२ करोड धनात्मक देखिएको छ।

आ‍.व‍. ०८१र८२ को साउनसम्ममा व्यक्तिगत आवासीय घरकर्जा ३ खर्ब ८७ अर्ब ७१ करोड रूपैयाँ पुगेको छ। जुन अघिल्लो महिना असारको तुलनामा ०।२ प्रतिशतले वृद्धि भएको हो।

तर, रियल इस्टेट कर्जामा भने खासै परिवर्तन भएको देखिँदैन। साउन महिनामा रियल इस्टेट कर्जा २ खर्ब ६८ अर्ब २५ करोड रूपैयाँ पुगेको छ, जुन अघिल्लो महिना असारको तुलनामा १२ करोड १५ लाख रूपैयाँले मात्र वृद्धि हो। 

बैंकबाट कर्जा लिएर आफ्नो आवासीय आवश्यकता पूरा गर्ने बढेपछि व्यक्तिगत घरकर्जा वृद्धि भएको देखिएको छ। तर, रियल इस्टेट क्षेत्रको स्थिरताले यस क्षेत्रमा जोखिम कम गर्न र संयम अपनाउने रणनीति लिएको देखिन्छ। 

प्रतिक्रिया