काठमाडौँ। चौथो ग्लोबल आर्ट, कल्चर एण्ड टुरिजम कन्फ्रेन्स मलेसियाको क्वाललाम्पुर स्थित ग्रान्ड कन्टिनेन्टल होटेलमा सम्पन्न भएको छ।
नेपाली कला संस्कृति एवं पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न देशमा आयोजना हुँदै आएको सो कन्फ्रेन्सले मलेसियामा नेपालको पर्यटन र कला संस्कृतिको विकासमा योगदान रहने साथै कला क्षेत्रको विकासको लागि आफूले सहयोग गर्ने कार्यवाहक राजदूत मदिता बज्राचार्यले बताइन्।
विभिन्न वक्ताहरूले टुरिजम, कला, व्यवसाय, भाषा, साहित्य, संस्कृतिबारे बताएका थिए। यस्ता किसिमका कार्यक्रमले नेपालमा लगानी भित्र्याउन समेत मद्दत पुग्ने विश्वास उपस्थित अन्य वक्ताहरूले व्यक्त गरेका थिए।
सोही कार्यक्रममा नेपाल तथा मलेसियामा रही विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान प्रदान गरिएको हो।
न्याय र कला सम्मानबाट राजेन्द्र शर्मा, कला सम्मानबाट बरिष्ठ कलाकार शिवहरि नेपाल (बैरागी), सङ्गित सम्मान बरिष्ठ गायक एवं सङ्गितकार नरहरि प्रेमी र कला सम्मान पवन प्रसाद खतिवडा (बाबा) सम्मानित भएका छन्।
कार्यक्रममा एसिया प्यासिफिक एनआरएनका तर्फबाट नायक श्रीदेव भट्टराईलाइ देश बिदेशमा कला संस्कृति एवं नेपाललाई चिनाउने उदेश्यले लागि परेको भन्दै सम्मान गरिएको थियो। त्यसै गरि यस एम पि को तर्फबाट मलेसिया स्थित आयोजक एसिया प्यसेफिक एन आर एन का अध्यक्ष हरि भट्टराईलाई मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि भट्टराईले आफू मलेसियामा करिब पच्चीस बर्स देखि रहदै आएको धेरै नेपालीको साथ र सहयोग रहेको बताए। नेपाली कला सँस्कृति, पर्यटन, ब्यबसाय भाषा, साहित्यको गहकिलो रूपमा मलेसियामा स्थापित गर्न चाहेको र यसको लागि आफूले सबैसङ्ग सहकार्य गर्न तत्पर रहेको समेत बताए।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar