कति पुग्यो डलरको मूल्य? यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर एक सय ६० रूपैयाँ र बिक्री दर एक सय ६० रूपैयाँ १५ पैसा रहेको छ। 

आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ २३ पैसा र बिक्री दर १३४ रूपैयाँ ८३ पैसा रहेको छ।

युरोपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ९३ पैसा र बिक्रीदर १४५ रूपैयाँ ५८ पैसा रहेको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १७४ रूपैयाँ २५ र बिक्री दर १७५ रूपैयाँ ३ पैसा रहेको छ। स्वीस फ्रयाङ्क एकको खरिद दर १५४ रूपैयाँ ७४ पैसा र बिक्री दर १५५ रूपैयाँ ४३ पैसा रहेको छ। 

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रूपैयाँ १२ पैसा र बिक्री दर ८८ रूपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रूपैयाँ ६६ पैसा र बिक्री दर ९७ रूपैयाँ ९ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०१ रूपैयाँ ३२ पैसा र बिक्री दर १०१ रूपैयाँ ७७ पैसा रहेको छ। 

जापानी येन १० को खरिद दर ८ रूपैयाँ ७५ पैसा र बिक्री दर ८ रूपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ८१ पैसा र बिक्री दर १८ रूपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रूपैयाँ ७४ पैसा र बिक्री दर ३५ रूपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ ८२ पैसा र बिक्री दर ३६ रूपैयाँ ९८ पैसा कायम भएको छ। 

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर ३ रूपैयाँ ९८ पैसा र बिक्री दर ३ रूपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिद दर ३६ रूपैयाँ ५५ पैसा र बिक्री दर ३६ रूपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ६९ पैसा र बिक्री दर ३० रूपैयाँ ८३ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर ९ रूपैयाँ ६८ पैसा र बिक्री दर ९ रूपैयाँ ७२ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १२ रूपैयाँ ५९ पैसा र बिक्री दर १२ रूपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रूपैयाँ ४३ पैसा र बिक्री दर १९ रूपैयाँ ३५ पैसा रहेको छ। 

त्यसैगरी, कुवेती दिनार एकको खरिद दर ४ सय ३७ रूपैयाँ ६० पैसा र बिक्री दर ४ सय ३९ रूपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया