काठमाडौँ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनि लिमिटेड (सलिको) र नेपाल पर्यटक यातायात व्यवसायी संघबीच सम्झौता भएको छ।
हिजो (मङ्गलबार) एक समारोहबीच सवारी साधनको बिमा गर्ने गराउने तथा बिमा दावी प्रक्रियालाई सरल र सहज बनाउने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।
नेपालको निर्जीवन बिमा क्षेत्रमा दशकौँदेखि चलिआएको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्सले आफ्ना सेवाग्राहीहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको जनाएको छ।
सो सम्झौताबाट नेपाल पर्यटक यातायात व्यवसायी संघसँग आवद्ध सवारी धनीले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा आफ्नो सवारी साधनको व्यापक बिमा गराएको अवस्थामा सो सवारी साधन दुर्घटनामा परी क्षति भएमा बीमितले आफ्नो सवारी मर्मत गर्दा लाग्ने खर्च वापतको क्षतिपूर्ति रकम सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
सम्झौतामा नेपाल पर्यटक यातायात व्यवसायी संघको तर्फबाट संघका अध्यक्ष बेदराज बास्तोला तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स क.लि.(सलिको) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन्।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar