काठमाडौँ। सुनको भाउ निरन्तर ओरालो लागेको छ।
यो साताको ४ दिनमा सुनको भाउ ४३ सय रूपैयाँले घटेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार पनि छापावाल सुन प्रतितोला ४ सय रूपैयाँले घटेर १ लाख ६२ हजार २०० रूपैयाँ कायम भएको छ।
यसअघि आइतबार, सोमबार र मंगलबार सुनको भाउ क्रमशः प्रतितोला ५ सय, १ हजार र २४ सय रूपैयाँले घटेको थियो। यसअघि, मंगलबार छापावाल सुन १ लाख ६२ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज (बुधबार) चाँदीको भाउ भने तोलामा १५ रूपैयाँले बढेर तोलाको १९ सय ४० रूपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला १९ सय २५ रूपैयाँमा कारोबार भएको थियो।
29 Kartik 2081, Budhbar 12:41 मा प्रकाशित
180
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar