काठमाडौँ। काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज घातक अवस्थामा पुगेको छ। आईक्यू एअरका अनुसार आज काठमाडौँको वायु गुणस्तर ३५२ एक्यूआई पुगेको छ।
विश्व स्वास्थ्य संगठन डब्लुएचओले निर्धारण गरेको मापदण्डअनुसार अनुसार ५१ देखि १०० सम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २०१ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ। डब्लूएचओका अनुसार ३०१ भन्दामाथि पुगे घातक हुन्छ।
यसअघि गत सोमबारदेखि हिजो अर्थात बुधारसम्म २५० को हाराहारीमा वायु गुणस्तर मापन हुँदै आएको थियो।
पहिलो नम्बरमा भने इराकको बग्दाद परेको छ। त्यहाँको वायु गुणस्तर १ हजार १०१ एक्यूआई पुगेको छ। केही दिनदेखि वायु प्रदूषणका कारण काठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्ने भएको छ। यद्यपि शुक्रबारदेखि भने वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
हाल काठमाडौँ उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर वायुको वेग बढ्ने हुँदा क्रमशः आकाशबाट बादल हट्ने लक्षण देखिएको महाशाखाले जनाएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar