काठमाडौँ। काठमाडौँ उपत्यकामा आज साँझ सामान्य वर्षा भएको छ। वर्षा भएसँगै चिसो पनि बढेको छ।
पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभर मौसम बदली भएको हो। बढी बादल लागे पनि केही स्थानहरूमा सामान्यबाहेक वर्षा नभएको मौसमविद्ले जनाएका छन्। हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको जनाइएको छ।
अहिले देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु, कुहिरो लाग्ने सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar