काठमाडौँ । प्रत्येक घर र व्यवसायका लागि विश्वस्तरीय पानीका लागि ३८ भन्दा धेरै वर्षका अनुभव रहेको जेरो बी ब्रान्ड नेपालमा लञ्च गरिएको छ ।
शुक्रबार काठमाडौँमा आयोजना गरिएको भव्य उद्घाटन समारोहकाबीच खानेपानी मन्त्री प्रदीप यादवले उक्त ब्राण्डको लञ्च गरेका हुन् । यो उद्घाटनसँगै नेपालमा पानी शुद्धीकरण समाधानको नयाँ अध्याय सुरु भएको छ ।
उक्त लञ्चिङ कार्यक्रममा नेपालभरका प्रमुख आर्किटेक्ट, होटल व्यवसायी, उद्योगपति, र ब्यापारीहरूको उल्लेखनीय सहभागिता थियो ।
जिरो बी ब्राण्ड भारतीय कम्पनी आयन एक्सचेञ्ज इण्डिया लिमिटेडको प्रमुख ब्रान्ड रहेको छ । सो कम्पनीको अनुभव प्रत्येक घर र व्यवसायका लागि विश्वस्तरीय पानीका लागि ३८ भन्दा धेरै वर्षको छ ।
जिरो बी पिउने पानी शुद्धीकरण प्रणाली, आइरन फिल्टर, वाटर सफ्टनर, र व्यावसायिक ग्रेड प्रणालीहरूको अत्याधुनिक प्रविधिका लागि परिचित छ । यसले घरपरिवार, उद्योग र संस्थाहरूको पानीको आवश्यकतालाई पूरा गर्न मद्दत गर्दछ ।