काठमाडौँ। महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अटिजम भएका विद्यार्थीहरूका लागि सहयोग गरेको छ।
बैंकको दमक शाखाले सरस्वती माध्यमिक विद्यालय, दमक ९, इँटाभट्टा, झापाले सञ्चालन गरेको अटिजम सिकाई केन्द्रलाई अटिजम भएका विद्यार्थीहरूको शैक्षिक क्रियाकलापहरूलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग स्वरूप प्रदान गरेको हो।
महालक्ष्मी विकास बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण/सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरूप बैंकले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
आज विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यालयको प्रधानध्यापकलाई उक्त सामाग्रीहरू हस्तान्तरण गरिएको हो। हाल विद्यालयमा अध्ययनरत २४ जना अटिजम भएका विद्यार्थीहरू यस कार्यबाट प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यहरूबाट समग्र शैक्षिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ। बैंकले हालै ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ।