सांसद बजगाईको पहलमा हेली मार्फत चृुमनुब्रीबाट गम्भीर घाइतेको उद्दार

गोरखा । उत्तरी गोरखाको चृुमनुब्री गाँउपालिका–५ मा  हिजो साँझ भिरबाट खसेको ढुङ्गाले लागेर खच्चड मालिक गंभिर घाईते भएका छन् । घाईते हुनेमा धार्चे गाँउपालिका–५ माछाखोला निवासी राम बहादुर तामाङ्ग भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । चृुमनुब्री गाँउपालिका–५ को बिहिबाट माछाखोला तर्फ आउने क्रममा मंगरबार साँझ पान्द्रङ भिरबाट खसेको ढुङ्गाले लागेर गुरुङ ५० मिटर तल भिरमा खसेका थिए । उनलाई स्थानियले देखेर हिजो उद्वार गरी बिहीको स्वास्थ्य चौकीमा सामान्य उपचार भईरहेको थियो।  

ढुङ्गाले लागेका गुरुङ बायाँ खुट्टा भाँचिएको र अन्य भागमा चोटपटक लागि थप उपचारको लागि हिजो नै हेलिकप्टर मार्फत काठमाडौँ ल्याउन गोरखा क्षेत्र न १ का प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाइले हर प्रयास गरेका थिए । जिल्ला प्रशाशन गोरखाको अनुरोधमा गृह मन्त्रालय मार्फत नेपालि सेनाको हेलिकप्टरमा बजगाई आफै गइ घाइतेलाई हेलिकप्टर काठमाडौँ ल्याइसकेको छन । 

गोरखाको उत्तरी भेगमा घट्ने दुर्घटना बजगाईले जनप्रतिनिधि हुन पहिले देखि नै उद्दार गर्दै आएका थिए। कहिले काही प्रसाशनको अटेरी, निषेधित क्षेत्र हरेक कारणका बीच  गम्भीर दुर्घटना को केशमा उद्दार ढिलो  हुदा बेला बेलामा आक्रोस पोख्दै आएका छन्।  स्थानिय हरुले यस्ता दुर्घटनामा उद्दारको लागि बजगाई लाई सम्झने गर्दछन।  


प्रतिक्रिया