आज कति छ सुनचाँदीको मूल्य?

काठमाडौँ। आज (पौष २२ गते) सुन–चाँदीको भाउ स्थिर रहेको छ। 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५२ हजार रूपैयाँ कायम भएको छ। यसअघि आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। यता, आज चाँदीको भाउ पनि स्थिर रहेको छ। 

सोमबार चाँदीको भाउ प्रतितोला १८ सय १० रूपैयाँ कायम रहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।


प्रतिक्रिया