नेपाललाई पराजित गर्दै भारतले जित्यो काभा वुमन्स लिगको उपाधि

काठमाडौँ। आज (बुधबार) भएको काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले हात पारेको छ।

फाइनलको पहिलो सेट नेपालले २५-२३ अंकले आफ्नो पक्षमा पार्‍यो। दोस्रो सेट भारतले २५-१४ ले आफ्नो पक्षमा पार्‍यो।

यसका साथै तेस्रो सेटमा २२-२५ ले जितेर नेपाल २-१ अग्र स्थानमा आयो। तर चौथो सेटको खेलमा २५-२२ ले जित्दै भारतले खेल बराबरी बनायो।

पाँचौं सेटमा नेपाललाई ५-१५ अंकले हराउँदै भारतले उपाधि हात पारेको हो। समूह चरणमा भने नेपालले भारतलाई ३-२ सेटले हराएको थियो।

तेस्रो स्थानका लागि आजै भएको खेलमा इरानले श्रीलंकालाई पराजित गर्‍यो। सेमिफाइनलमा नेपालले इरान र भारतले श्रीलंकालाई पराजित गरेको थियो।

पाँच देश सहभागी उक्त प्रतियोगितामा माल्दिभ्स समूह चरणबाट बाहिरिएको थियो।

प्रतिक्रिया