सोलुखुम्बुको दुधकुण्डमा वृद्धको उद्दार गर्दै नेपाली सेना

सोलुखुम्बु (रासस) । जिल्लास्थित प्रसिद्ध धार्मिक स्थल दुधकुण्डमा नेपाली सेनाले एक ८३ वर्षीय वृद्धको सफल उद्दार गरेको छ। काभ्रे जिल्ला, महादेवस्थानका जगतबहादुर विष्ट सोमबार दुधकुण्ड मेलामा सहभागी हुन पुगेका थिए। समुद्री सतहबाट ४,३०० मिटरको उचाइमा रहेको यस धार्मिकस्थलमा विष्टलाई लेक लागेर गम्भीर बिरामी परेपछि तत्कालै सेनाको सहयोग लिइएको थियो।

वृद्धावस्थाका कारण विष्टलाई दुधकुण्ड क्षेत्रको कठिन भूगोलमा हिँड्न समस्या भएपछि नेपाली सेनाले उनलाई बोकेर दुधकुण्ड दर्शन गराएको हो। विष्टलाई उद्दार गरी सुरक्षित स्थानमा पुर्याइएपछि उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ।

दुधकुण्ड मेलामा वर्षेनी देशभरका हजारौं भक्तजनहरु सहभागी हुने गर्दछन्। समुद्री सतहबाट उच्च उचाइमा रहेको यस क्षेत्रमा मौसमको प्रतिकूलता र लेक लाग्ने समस्याले गर्दा मेलामा सहभागी हुने वृद्ध तथा कमजोर स्वास्थ्य भएका भक्तजनलाई कठिनाई हुने गर्दछ। यस्ता आपतकालीन अवस्थाहरूमा नेपाली सेनाले उद्धार र सहयोगको भूमिका निभाउँदै आएको छ, जसले गर्दा भक्तजनहरूले आफ्नो धार्मिक यात्रा सुरक्षित र सफलतापूर्वक सम्पन्न गर्न पाउँछन्।

तस्बिरः सुवास दर्नाल/रासस


प्रतिक्रिया