काठमाडौं | नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको सटही दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५२ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा तोकिएको छ भने युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७८ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ।
त्यस्तै, स्वीस फ्र्याङ्क एकको खरिददर १५५ रुपैयाँ २७ पैसा र बिक्रीदर १५५ रुपैयाँ ९५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ९१ पैसा तथा क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९६ रुपैयाँ २७ पैसा रहेको छ।
एशियाली मुद्राहरूमा जापानी येन १० को खरिददर ९ रुपैयाँ १२ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ। चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा रहेको छ।
साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७३ पैसा तोकिएको छ।
थाई भाट एकको खरिददर ४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४ रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ कायम भएको छ।
साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा रहेको छ। स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३ रुपैयाँ ७३ पैसा तथा डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९५ पैसा रहेको छ।
हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७ रुपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रुपैयाँ तथा बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ।
ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५७ रूपैयाँ २६ पैसा कायम भएको छ भने भारतीय रुपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
राष्ट्र बैंकले दैनिक रूपमा विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै आएको छ।