आज विश्व बाघ दिवस मनाईंदै

काठमाडौँ। आज विश्व बाघ दिवस। यो वर्ष नेपालमा ‘मानव बाघ सहअस्तित्व र समृद्धि’ भन्ने नारासहित बाघ दिवस मनाइँदैछ।  

बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिन विश्व बाघ दिवस मनाइन्छ।

बाघ विश्वका १३ देशमा पाइन्छ, जसमध्ये  नेपाल पनि एक हो। नेपालमा बाघको संख्या बढेसंगै व्यवस्थापनमा चुनौती थपिनुका साथै मानिससँगको द्वन्द्व बढेको विज्ञहरूको भनाइ छ।

सन् २०१० को नोभेम्बरमा रूसमा भएको पहिलो बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्म बाघको संख्या दोब्बर गर्ने प्रतिबद्धता जनाएको थियो। तर यो अवधिमा बाघको सङ्ख्या तेब्बर भइसकेको छ। सन् २००९ मा १२१ गणना भएका बाघ सन् २०२२ मा पुग्दा ३५५ पुगेको छ।

नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २५० पुर्‍याउने लक्ष्य राखेको थियो।

प्रतिक्रिया