ठूला उद्योगले महसुल नतिरे क्रमशः लाइन काटिने विद्युत महसुल बक्यौता २२ अर्ब,

पुष ११ , काठमाडौं  : नेपाल विद्युत प्राधिकरणले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता रकम नतिर्ने उद्योगको क्रमशः लाइन काट्दै जाने घोषणा गरेको छ। डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत् विद्युत उपयोग गरेका ग्राहकको बक्यौता २२ अर्बभन्दा बढी रहेको बताए। 

सर्वासाधारणले दैनिक १७/१८ घण्टासम्म लोडसेडिङ ब्यहोरिरहेका बेला २३९ औद्योगिक व्यापारिक र गैह्र व्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत् २० घण्टाभन्दा बढी उपभोग गरेका थिए । 

तीमध्ये १ सय ७८ उपभोक्ताले प्रिमियमसहितको विद्युत महसुल समयमै भुक्तान गरिसकेका प्राधिकरणले जनाएको छ । महसुल बुझाउन बाँकी ६१ वटा उपभोक्ताहरुको २०८० मंसिर मसान्तसम्म कूल २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता रहेको छ। यसमध्ये करिब साढे १२ अर्ब रूपैयाँ हालै लाइन काटिएका ९ ठूला उद्योगको रहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए। पटक-पटक ताकेता गर्दा पनि रकम नतिरेपछि गत पुस ६ गतेबाट लाइन काट्न सुरु गरिएको प्राधिकरणले जनाएको छ। 

प्रतिक्रिया