काठमाडौँ । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले “बडा दशैं, तिहारको बडा अफर” योजना शुरु गरेको छ । नेपालीहरुको महान चाड विजयादशमी तथा दीपावलीको शुभ अवसर पारेर आफ्ना ग्राहकहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ ।
यस योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले मेगा उपहार स्वरुप एमजी ४ इभि जित्ने अवसर पाउनेछन्भनेबम्पर उपहार स्वरुप टिभीएस एन्टर्क ड्रम स्कुटर जित्ने अवसर पाउनेछन्। त्यस्तै हरेक हप्ता २ जना भाग्यशाली विजेताले रियलमी सि ६३ पाउन सक्नेछन् भने दैनिक १० जना भाग्यशाली विजेताहरूले बोल्ट स्मार्टवाच, बोल्ट इयरबड्स र सफारी ब्याकप्याकहरू जित्ने अवसर प्राप्त गर्नेछन्।
योजनाको बारेमा बोल्दैरियलमीका हेड अफ स्ट्राटेजी एन्ड रिसर्च मुनिश गिरीले भन्नुभयो, “सर्वप्रथम त नेपालीहरुको महान चाड विजयादशमी एवम दीपावली २०८१ को शुभ अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ । हामी प्रविधिको माध्यमबाट मानिसहरुलाई नजिक ल्याउन र सम्बन्धमा न्यानोपन छर्न प्रतिबद्घ छौँ ।
चाडपर्व भनेको आफ्ना नजिकका आफन्त, साथीभाइहरुसँग रमाइलो गर्ने अवसर हो । यस ैअवसर पारेर हामीले यस “बडा दशैं, तिहारको बडा अफर” योजना ल्याएका छौँ। हामीलाई आशा छ यो अफरले हाम्रा नेपाली ग्राहकहरुको चाडपर्वको रौनकलाई अझै बढाउनेछ ।
रियलमीको कुनै पनि स्मार्टफोन खरिद गर्नुभएका ग्राहकहरु यस अफरमा यस योजनामा सहभागी हुन सक्नेछन्। यस योजनामा सहभागी हुनको लागि ग्राहकहरुले कम्पनीको वेबसाइटमा गएर आफुले खरिद गरेको स्मार्टफोनको IMEI नम्बर, आफ्नो पूरा नाम र मोबाइल नम्बर दर्ता गर्नु पर्ने हुन्छ ।
“बडा दशैं, तिहारको बडा अफर” असोज १५ देखि कार्तिक २२ सम्म लागु हुनेछ ।