9851314933 | info@gharjagganews.com

१०औँ राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार

काठमाडौँ।  कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदका लागि कार्यविधि तयार भएको छ।

बुधबार युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री तेजुलाल चौधरी र सदस्यसचिव टंकलाल घिसिङको टोलीले कार्यविधिमा छलफल गरी कार्यविधिको टुंगो लगाएको हो।

कार्यविधिमा खेलाडी, प्रशिक्षक,अफिसियल र रेफ्रिको पोसाक, खेल सामाग्री,व्यवस्थापकीय पक्ष, १०औँ राष्ट्रिय खेलकुदमा लागू हुने नीति नियमहरूको बारेमा छलफल गरिएको थियो।

यसमा प्रतियोगिताका लागि आयोजकको जिम्मेवारी पाएको कर्णाली प्रदेशले अन्य केही आवश्यक कार्य समेत गर्नेछ।

कार्यविधिले हालको अवस्थालाई हेरी कार्यविधि तयार पारिएको हो। सोही बमोजिम बजेटको खाका बनाउनु पर्ने हुँदा कार्यविधि तयार पार्ने सम्पन्न गरिएको राखेपले जनाएको छ।

आउँदै गरेको १० औँ राष्ट्रिय खेलकुदको १०० दिनको काउन्ट डाउन सुरू भइसकेको छ।  यो पटक ३६ वटा खेल सञ्चालन गरिँदैछ। जसमध्ये  कर्णालीमा २४ खेल खेलाउने तयारी गरिएको छ।

प्रतिक्रिया