गत आर्थिक वर्षमा कस्तो रह्यो वाणिज्य बैंकहरूको वित्तीय अवस्था? कुन बैंकले कति कमाए मुनाफा?

काठमाडौँ। आर्थिक बर्ष २०८०/८१ मा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले ६४ अर्ब १५ करोड ३० लाख रूपैयाँ खुद नाफा कमाएका छन्।

वाणिज्य बैंकहरूले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण वाणिज्य बैंकहरूको नाफा अघिल्लो आर्थिक बर्ष २०७९/८० को तुलनामा १३.४० प्रतिशतले बृद्धि भएको हो। अघिल्लो आर्थिक बर्षमा २० वाणिज्य बैंकहरूले ५६ अर्ब ५७ करोड ४४ लाख रूपैयाँ खुद मुनाफा आर्जन गरेका थिए।

कुन बैंकले सार्वधीक नाफा कमायो? 

गत आर्थिक वर्षमा सबैभन्दा बढी नाफा कमाउने बैंक नबिल बैंक रहेको छ। यस बैंकले गात आ.व.को असार मसान्तसम्ममा ७ अर्ब ६ करोड रूपैयाँ खुद नाफा कमाएको छ।  बैंकको यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.२३ प्रतिशतले बढी हो। अघिल्लो आ.व.मा यस बैंकले ६ अर्ब ४० करोड रूपैयाँ नाफा आर्जन गरेको थियो। 

सबैभन्दा कम कमाउनेमा माछापुच्छ्रे बैंक

गत आर्थिक बर्षमा सबैभन्दा कम नाफा कमाउने बैंक भने माछापुच्छ्रे बैंक रहेको छ।  यस बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब २५ करोड रूपैयाँ खुद नाफा कमाएको छ। जुन खघिल्लो आ.व.को तुलनामा २३.०९ प्रतिशतले कम हो। अघिल्लो आ.व.मा बैंकले १ अर्ब ६२ करोड रूपैयाँ नाफा कमाएको थियो। 

अन्य कुन बैंकको नाफा कति? 

यता आर्थिक बर्षमा ६ अर्ब नाफा कमाएको ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहेको छ।  यस बैंकको नाफा अघिल्लो आ.व.को तुलनामा भने १०.१३ प्रतिशतले कम हो। अघिल्लो आ.व.मा बैंकले ६ अर्ब ६९ रूपैयाँ नाफा कमाएको थियो। 

त्यस्तै, ५ अर्ब १९ लाख रूपैयाँ नाफा सहित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा रहेको छ। यस बैंकको नाफा अघिल्लो आ.व.को तुलनामा ३९.७१ प्रतिशतले बढी हो। अघिल्लो आ.व.मा बैंकले ५ अबै १९ करोड रूपैयाँ नाफा आर्जन गरेको थियो। यता, प्रभु बैंकले ४ अर्ब ४८ करोड रूपैयाँ नाफा आर्जन गरेको छ भने, प्राइम कमर्सियल बैंकले ३ अर्ब ७७ करोड रूपैयाँ नाफा कमाएको छ। 

त्यसैगरी, गत आ.व.मा एभरेष्ट बैंकले ३ अर्ब ७० करोड रूपैयाँ, कृषि विकास बैंकले ३ अर्ब ६५ करोड रूपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३९ करोड रूपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३० करोड रूपैयाँ, लक्ष्मी सनराइज बैंकले ३ अर्ब ३ करोड रूपैयाँ र सिद्धार्थ बैंकले ३ अर्ब १ करोड रूपैयाँ नाफा आर्जन गरेको छ। 

यसका साथै, हिमालयन बैंकले २ अर्ब ८३ करोड रूपैयाँ, सानिमा बैंकले २ अर्ब ३८ रूपैयाँ, एनएमबि बैंकले २ अर्ब ३३ करोड रूपैयाँ, कुमारी बैंकले २ अर्ब ३० करोड रूपैयाँ, नेपाल एसबीआई बैंकले २ अर्ब १ करोड रूपैयाँ, नेपाल बैंकले १ अर्ब ६५ करोड रूपैयाँ, एनआईसी एसिया बैंकले १ अर्ब ३८ करोड रूपैयाँ, सिटिजन्स बैंकले १ अर्ब ३२ करोड रूपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब २५ करोड रूपैयाँ नाफा आर्जन गरेको छ।  

प्रतिक्रिया