काठमाडौँ। हिमाली जिल्ला हुम्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ।
आइतबार (हिजो) साँझदेखि मौसम बदलि भएसँगै दिउँसो हावाहुरी शुरू भई गएरातिदेखि हिमपात भएको हो।
आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा एक फिट हिउँ जमेको छ। यो वर्ष ढिला गरी जिल्लामा हिमपात भएसँगै यहाँका किसान खुशी भएका छन्। हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने बताइन्छ।
हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन पनि प्रभावित भएको छ। उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ। हिमपातसँगै चिसो बढेको छ। हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरिसकेको छ।
25 Mangsir 2081, Sombar 11:02 मा प्रकाशित
160
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar