काठमाडौं । हाल नेपालभर मनसुनी वायु सक्रिय रहँदा देशका अधिकांश भू-भागमा आंशिकदेखि साधारण बदलीको अवस्था रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी प्रणालीको प्रभाव देखिएको छ। साथै, देशको पश्चिम भू-भागमा पश्चिमी वायु र स्थानीय वायुले समेत आंशिक प्रभाव जमाएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
साथै भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव पनि नेपालमा परिरहेको छ। हाल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको बताइएको छ।
यस वर्ष नेपालमा मनसुनको आगमन मिति २०८२ साल जेठ १५ गते मा कोशी प्रदेशबाट भएको हो। हालसम्म यो प्रणाली कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू-भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रसम्म फैलिसकेको छ।
मौसमविद्हरूका अनुसार आगामी २४ घण्टासम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी र लुम्बिनी प्रदेशका केहि भागहरूमा भारी वर्षा समेत हुनसक्ने पूर्वानुमान गरिएको छ।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar