काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३४ रूपैयाँ ६ पैसा र बिक्री दर १३४ रूपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १४६ रूपैयाँ ४९ पैसा र बिक्री दर १४७ रूपैयाँ १४ पैसा रहेको छ।
त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ ४३ पैसा र बिक्री दर १७२ रूपैयाँ २० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ७६ पैसा र बिक्री दर ३६ रूपैयाँ ९३ पैसा रहेको छ।
त्यसैगरी, साउदी अरेबिएन रियाल एकको खरिद दर ३५ रूपैयाँ ७१ पैसा र बिक्री दर ३५ रूपैयाँ ८७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
29 Saun 2081, Budhbar 07:15 मा प्रकाशित
247