काठमाडौँ। वैशाख ५ र ६ गते कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ आयोजना हुने भएको छ।
कर्णाली प्रदेश सरकार र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा डिजिटल नेपाल कन्क्लेभ २०२५ हुने भएको हो। बुधवार आन्तरिक मामिला तथा कानून मन्त्रालय, कर्णाली प्रदेश र आइसिटी फाउन्डेसन नेपालबीच कन्क्लेभ आयोजनाको लागि सम्झौता भएको छ।
वीरेन्द्रनगरको सिद्दार्थ सन्नी रिसोर्टमा २ दिनसम्म चल्ने कन्क्लेभमा डिजिटल कर्णालीको हालको अवस्था, अवसर, सम्भावना र चुनौतीका विषयमा बृहत छलफल हुनेछ। ‘इम्पावारिङ द फ्युचरः इन्नोभेसन, कनेक्टिभिटी एण्ड सस्टेनवलिटी’ मुख्य बिषयमा केन्द्रित हुने कन्क्लेभमा बिभिन्न ४ किनोट प्रस्तुतिसँगै ८ बढी सेसनहरू रहनेछन।
कन्क्लेभमा ५० भन्दा बढी बिज्ञहरू राष्ट्रिय र अन्तरस्ट्रिय स्तरबाट बक्ताको रुपमा सहभागी हुनेछन्। कर्णाली प्रदेशका सम्पूर्ण स्थानीय सरकार, प्रदेशसभा, सरकारी र निजि क्षेत्रको उपस्थितिमा आयोजना हुने कार्यक्रम डिजिटल रूपान्तरणको लागि फलदायी हुने बिश्वास लिइएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।
डिजिटल रूपान्तरणको प्रयासमा विभिन्न अभियान र कार्यक्रमहरु सञ्चालन गरिरहेको आइसिटी फाउन्डेसनले कर्णालीलाइ बिशेष प्राथमिकताको साथ कर्णाली कन्क्लेभको आयोजना गर्न जनाइएको छ। दोस्रो संस्करणले डिजिटल साक्षरता सँगै प्रदेशमा भएका विभिन्न सम्भावनालाइ उजागर गर्दै प्रविधि मार्फत जीवनस्तर सुदृण बनाउन सहजीकरण गरिने छ।
डिजिटल कर्णाली कन्क्लेभ २०२५ मा डिजिटल पूर्वाधार, डिजिटल नेतृत्व, नीति, जनशक्ति, शिक्षा, कृषि, पर्यटन, डिजिटल हेल्थ, इन्नोभेसन, उद्यमशीलता र ई(गभर्नेन्सका विषयमा विभिन्न प्रस्तुति र प्यानल छलफल गरिने आयोजकले जनाएको छ।
यसैगरी कर्णालीको लागि विकास गरिएका सोलुसन र आइडियाहरूको शोकस र प्रस्तुति पनि हुनेछ। यसको लागि कन्क्लेभको आधिकारिक वेबसाइट www.karnali.digital मार्फत डिजिटल सोलुसनर आइडियाको बारेमा जानकारी दर्ता गराउन सकिनेछ।