काठमाडौँ। घरको शुख शान्ति चाहनु हुन्छ भने ध्यान दिनुहोस् बास्तुशास्त्रअनुसार यी ७ कुराहरूलाई।
१. घरको मूल ढोका पूर्व अथवा उत्तर दिशातर्फ फर्किएको छ भने आर्थिक समस्याको भर कम हुन्छ र यदि समस्या भईहालेमा तत्कालै समस्या समाधान गर्न सकिन्छ वा सहयोग गर्ने मान्छेहरू भेटिन्छ।
२. घरको पश्चिम दिशामा लकर वा दराजलाई राख्नुहोस्।
३. घरको उत्तर दिशामा वाटर फाउन्टेन राख्नुहोस्। अर्थात पानीको फोहोरा भएको जुनसुकै चिज होस् घर वा कार्यालयमा वास्तुअनुसार उत्तर दिशामा राख्नु शुभ मानिन्छ। अर्थात जल तत्वलाई सधैं उत्तर दिशामा राख्नुपर्छ।
४. घरमूलीको शयन कक्ष अर्थात घरमूलको सुत्ने कोठा दक्षिण पश्चिम दिशामा बनाउनु पर्दछ।
५. यदि घरको बनावटका कारण घरमूलीको सुत्ने कोठा दक्षिण पश्चिम नमिलेमा घरमूली र सरपरिवार सहितको फोटोलाई पूर्वदिशा पर्काएर राख्नु उत्तम मानिन्छ।
६. उत्तर पूर्व दिशामा चाँदिको वा निलो रङको स्वस्तिक चिन्ह बनाएर राख्नु शुभ मानिन्छ भने यसलाई अफिस वा कार्यालयमा पनि राख्नु राम्रो मानिन्छ यसले सकारात्मक उर्जा प्रदान गर्दछ। यसका साथै स्वास्थयलाई राम्रो बनाउँछ।
७. घरको बैठक कोठाको पूर्वपट्टिको भित्तामा वा घरको पूर्वी दिशामा आफ्नो सरपरिवारको प्रसन्न मुद्रामा बसेको फोटो राख्नु शुभ मानिन्छ। यसका साथै राम्रोसँग निद्रा लाग्दैन भने सुत्ने कोठाको दक्षिण दिशामा हरेक दिन १ घण्टा बिहान वा साँझ गाईको घिउमा दियो बाल्नाले राम्रो निन्द्रा लाग्नमा मद्दत गर्दछ।
यी कुराहरूलाई व्यवस्थित गर्नुहोस र आफ्नो घरमा आउने सम्याबाट मुक्त हुनुहोस्।