काठमाडौँ। मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा चियाको निर्यात ५२ प्रतिशतले बढेको छ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आ.व. साउन र भदौमा ४ हजार ४१२ मेट्रिक टन चिया निर्यात भएको छ। जुन गत आ.व.को सोही अवधिको तुलनामा ५२ प्रतिशतले बढी हो। गत आ.व.को पहिलो दुई महिनामा नेपालबाट दुई हजार ९०२ मेट्रिक टन चिया निर्यात भएको थियो।
प्राप्त तथ्याङ्कअनुसार चिया निर्यातको परिणामसँगै यसको मूल्य पनि बढेको छ। चालु आ.व. २०८१/८२ को दुई महिनामा रू १ अर्ब १३ करोड ३४ लाख १७ हजार बराबरको निर्यात भएको छ। जुन गत आ.व. २०८०/८१ को सोही अवधिको तुलनामा ६२ प्रतिशतले बढी हो। गत आ.व.मा सो अवधिमा रू ६९ करोड ९३ लाख ६४ हजार बराबरको चिया निर्यात गरिएको थियो।
दक्षिण भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपालबाट चियाको निर्यात बढेको नेपाल चिया उत्पादक सङ्घले जनाएको छ। भारतबाट अझै माग बढेकाले चियाको निर्यात यो वर्ष थप बढ्ने सङ्को दाबी छ। गत आव २०८०/८१ मा १३ हजार ४३३ मेट्रिक टन अर्थात् रू ३ अर्ब १६ करोड ३८ लाख ३६ हजार बराबरको चिया भारत निर्यात भएको थियो। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७.६८ प्रतिशले घटेको थियो।
Nepali Calendar
Horoscope
Foreign Exchange
Gold/Silver
Unicode
Weather
Share Bazar