त्रिभुवन विश्वविद्यालयका परीक्षा स्थगित, नयाँ मितिमा पुनः संचालन हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले आकस्मिक परिस्थितिका कारण केही स्नातक तहका परीक्षा स्थगित गरिएको जानकारी गराएको छ।

२०८२ साल भाद्र २२ गतेदेखि संचालन भइरहेको ४ वर्षे स्नातक तह दोस्रो वर्ष आंगिक तथा मौका परीक्षा अन्तर्गत २०८२ साल भाद्र २४, २५ र २६ गते निर्धारित परीक्षा हाललाई रोकिएको छ। यी परीक्षाहरु बिहान ७ः०० देखि १०ः०० र दिउँसो १२ः०० देखि ३ः०० बजेसम्म देशभरका परीक्षा केन्द्रहरूमा संचालन हुने कार्यक्रम थियो।

त्रि.वि. केन्द्रीय परीक्षा सञ्चालन समितिको २०८२ साल भाद्र २३ गते बसेको आकस्मिक बैठकले स्थगित परीक्षाको नयाँ तालिका तय गरेको छ। त्यसअनुसार:

आश्विन २ गते, ४ गते र  ५ गते मा सोही समय र सोही परीक्षा केन्द्रमा संचालन हुनेछन्।

परीक्षा नियन्त्रण कार्यालयले अन्य मितिमा तोकिएका परीक्षा भने यथावत् संचालन हुने स्पष्ट पारेको छ।


प्रतिक्रिया