हट एयर बेलुन महोत्सवमा बिवाइडीको नयाँ गाडी सार्वजनिक, कति छ मूल्य?

काठमाडौँ।  नेपालमै पहिलोपटक सुरू भएको ‘बिवाइडी अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव २०२४’ का अवसरमा बिवाइडी इलेक्ट्रिक गाडी ‘बिवाइडी एम ६’ सार्वजनिक गरिएको छ।

चिनियाँ ब्रान्ड बिवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले बेलुन नेपाल फेस्टिवलको उद्घाटन समारोहमा एम६ वियोन्ड लिमिट्स सिरिज सार्वजनिक गरेको हो। 

बेलुन महोत्सवको मूख्य प्रायोजक बिवाइडीले बेलुन उडाएर बिवाइडी एम ६ गाडी लन्च गरेको हो। यो गाडी ४ वटा रंगमा उपलब्ध रहेको छ।

५८ लाख ९० हजार रूपैयाँ मुल्य तोकिएको यो इलेक्ट्रिक गाडीले एकपटकको चार्जमा ४४० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ।

बिवाइडीको एम ६ को १०० युनिट गाडी आजै डेलिभर गरिएको कम्पनीले जनाएको छ। नेपालमै पहिलो पटक भएको अन्तर्राष्ट्रिय बेलुन महोत्सव भने ९ दिनसम्म चल्नेछ। 

प्रतिक्रिया