काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रूपैयाँ ४६ पैसा र बिक्री दर १३७ रूपैयाँ ६ पैसा कायम भएको छ।
युरोपियन युरो एकको खरिद दर १४६ रूपैयाँ ९९ पैसा र बिक्री दर १४७ रूपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७६ रूपैयाँ ४२ पैसा र बिक्री दर १७७ रूपैयाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिद दर १५४ रूपैयाँ ५१ पैसा र बिक्री दर १५५ रूपैयाँ १९ पैसा रहेको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रूपैयाँ ८६ पैसा र बिक्री दर ८६ रूपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९५ रूपैयाँ २४ पैसा र बिक्री दर ९५ रूपैयाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०१ रूपैयाँ ६६ पैसा र बिक्री दर १०२ रूपैयाँ १० पैसा रहेको छ।
जापानी येन १० को खरिद दर ९ रूपैयाँ ५ पैसा र बिक्री दर ९ रूपैयाँ ९ पैसा, चिनियाँ युआन एकको खरिद दर १८ रूपैयाँ ७८ पैसा र बिक्री दर १८ रूपैयाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रूपैयाँ ३८ पैसा र बिक्री दर ३६ रूपैयाँ ५४ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रूपैयाँ ४४ पैसा र बिक्री दर ३७ रूपैयाँ ६० पैसा रहेको छ।
त्यस्तै, थाई भाट एकको खरिद दर ४ रूपैयाँ १ पैसा र बिक्री दर ४ रूपैयाँ ३ पैसा, युएई दिराम एकको खरिद दर ३७ रूपैयाँ १५ पैसा र बिक्री दर ३७ रूपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रूपैयाँ ७५ पैसा र बिक्री दर ३० रूपैयाँ ८९ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर ९ रूपैयाँ २९ पैसा र बिक्री दर ९ रूपैयाँ ३४ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १३ रूपैयाँ ५७ पैसा र बिक्री दर १३ रूपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रूपैयाँ ७० पैसा र बिक्री दर १९ रूपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।