टिसीएलले विश्वव्यापी टिभी बजारमा शीर्ष स्थान हासिल गर्यो

काठमाडौँ ।  अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड टिसीएल इलेक्ट्रोनिक्स ले विश्वव्यापी टिभी बजारमा आफ्नो मजबुत उपस्थितिलाई पुनः प्रमाणित गर्दै तीन प्रमुख श्रेणीहरूमा टप १ को उपलब्धि हासिल गरेको छ। बजार अनुसन्धान संस्था ओम्डिया का अनुसार, टिसीएलले अल्ट्रा-लार्ज टिभी, मिनी एलईडी टिभी, र गुगल टिभी क्षेत्रहरूमा उत्कृष्ट प्रदर्शन गर्दै अग्रणी स्थान हासिल गरेको हो।

ओम्डियाको पछिल्लो रिपोर्ट अनुसार, टिसीएलले २०२४ मा ८५ इन्च वा सोभन्दा ठूलो टिभी को विश्वव्यापी आपूर्तिमा २२.१% बजार हिस्सा ओगट्दै पहिलो स्थान हात पारेको छ। त्यस्तै, मिनी एलईडी टिभी सेग्मेन्टमा २८.८% बजार हिस्सा लिँदै र गुगल टिभी सेग्मेन्टमा २०२१ देखि २०२४ सम्म लगातार पहिलो स्थान हासिल गर्दै आएको छ।

अन्तर्राष्ट्रिय बजारमा ठूला स्क्रीन टिभी र प्रिमियम डिस्प्ले प्रविधिहरू प्रतिको माग उल्लेखनीय रूपमा वृद्धि भइरहेको छ। घरमा बिताउने समय बढ्दै गएपछि ठूला, उच्च रिजोल्युसन र एडभान्स्ड प्रविधियुक्त टिभी हरू उपभोक्ताको पहिलो रोजाइमा परिरहेका छन्।

ओम्डियाको रिपोर्ट अनुसार:

८० इन्च वा सोभन्दा ठूला टिभीहरूको वार्षिक बिक्री २०२५ मा ३५% ले वृद्धि हुने अनुमान छ।

डिस्प्ले बजारमा यसको योगदान २०३० सम्म ११% पुग्नेछ।

मिनी एलईडी टिभीको आपूर्ति २०२५ मा ९३ लाख युनिट पुग्नेछ, जसले उपभोक्ताको प्रिमियम प्रविधिप्रतिको आकर्षण झल्काउँछ।

टिसीएलले २०१९ मा विश्वकै पहिलो मिनी एलईडी टिभी बजारमा ल्याएको थियो। त्यसपछि निरन्तर प्रविधि सुधार गर्दै एल्गोरिदम तथा डिस्प्ले टेक्नोलोजीमा उल्लेखनीय सुधार गरेको छ।

अत्यधिक चमक, उत्कृष्ट कन्ट्रास्ट, विस्तृत रङ्ग गमुट जस्ता विशेषतासहित टिसीएल मिनी एलईडी टिभी उच्च दृश्य गुणस्तर प्रदान गर्न सक्षम छ।

गुगल टिभीसँगको सहकार्य मार्फत टिसीएलले उपभोक्ताहरूलाई अझ स्मार्ट र सहज मनोरञ्जन अनुभव प्रदान गरिरहेको छ।

नेपालमा टिसीएल ब्रान्डका टिभी तथा अन्य इलेक्ट्रोनिक्स उपकरणहरूको आधिकारिक वितरक चौधरी ग्रुप अन्तर्गत इएओल प्रालि रहेको छ। नेपाली बजारमा पनि टिसीएलका स्मार्ट टिभीहरू बढ्दो लोकप्रियता पाइरहेका छन्।

बृहत् पर्दा, उत्कृष्ट प्रविधि र स्मार्ट फिचरहरूसँग टिसीएलले विश्वव्यापी रूपमा टिभी बजारमा आफ्नो पकड बलियो बनाएको छ।

प्रतिक्रिया