बमको धम्की दिएपछि भारतको आन्तरिक उडान डाइभर्ट

काठमाडौँ।  भारतको पश्चिमी राज्य महाराष्ट्रको एउटा विमानस्थलमा बमको धम्की दिएपछि एउटा उडानलाई डाइभर्ट गरेको अधिकारीहरूले बताका छन्। 

मध्यप्रदेशको जबलपुरबाट तेलङ्गानाको हैदरावादका लागि उडेको इन्डिगोको विमानलाई विमानभित्र बम भएको धम्की देखिएपछि महाराष्ट्रको नागपुरतर्फ डाइभर्ट गरिएको थियो।         

अधिकारीका अनुसार, सबै यात्रु र चालक दललाई अवतरण गरिएको र विमानको विस्तृत जाँच गरिएको थियो। टोलीले विमान भित्र कुनै शंकास्पद वस्तु भने फेला पारेन।                

उक्त घटना दिल्ली लगायत देशका विद्यालय, एयरपोर्ट, सपिङ मल र अस्पतालहरूमा पठाइएको बम धम्कीहरूको श्रृङ्खलामध्ये सबैभन्दा नयाँ रहेको छ।             

गत जुनमा, भारतको नागरिक उड्डयन सुरक्षा निकाय, नागरिक उड्डयन सुरक्षा ब्यूरोले यस्तो धम्की दिनेहरूलाई पाँच वर्षको उडान प्रतिबन्धको प्रस्ताव गरेको थियो।     

प्रतिक्रिया