काठमाडौँ। सरकारले भूमिसम्बन्धी विधेयक संसदको चालु अधिवेशनबाट पारित गर्ने जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा आगामी आर्थिक वर्ष ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यसै अधिवेशनबाट भूमि सम्बन्धी विधेयक पारित गर्ने बताएका हुन्।
सरकारले यसअघि भूमिसम्बन्धी अध्यादेश २०८१ ल्याए पनि जारी हुन सकेको थिएन। अध्यादेश जारी नभएपछि सरकारले भूमिसम्बन्धी विधेयकलाई संसदमा पेश गरेको छ।
यसका साथै, नीति तथा कार्यक्रममा सूचना प्रविधिमा आधारित भू-सूचना प्रणाली स्तरोन्नती गरी सेवा प्रवाहमा सुधार ल्याउने घोषणा गरिएको छ। भूमिको नापजाँच र तथ्यांक व्यवस्थापनमा आधुनिक प्रविधिको प्रयोग गरिने भएको छ।
सरकारले भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको व्यवस्थापन समेत गर्ने फेरी घोषणा गरेको छ।
22 Baisakh 2082, Sombar 11:20 मा प्रकाशित
79