काठमाडौँ। प्रभु इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट बोनस शेयर वितरण गर्ने भएको छ।
कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको ४४९ औं समितिको बैठकले बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।
सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९४७४ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित बोनस शेयर नियामक नेपाल बिमा प्रधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ।
9 Asar 2082, Sombar 09:09 मा प्रकाशित
8